शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अरबौं खर्च गरेर निर्माण गरिएका होल्डिङ सेन्टर प्रयोगविहीन

शुक्रबार, ०१ वैशाख २०८०, १४ : ३४
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को समयमा बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । 

नेपाली सेनाका युनिटअन्तर्गत कोरोना महामारीका समयमा बनाइएको होल्डिङ सेन्टर प्रयोग विहीन अवस्थामा रहेको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

२०७८/३/३ गते मा खरिद गरी झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरमा १ हजार बेड क्षमताका ६ होल्डिङ सेन्टर रु २ अर्ब १६ करोड ३५ लाख खर्च गरेर निर्माण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जडान गरिएको अक्सिजन आपूर्ति उपकरण, बिरामी बेड तथा अन्य स्वास्थ्य सामग्री होल्डिङ सेन्टर सञ्चालन नभएका कारण प्रयोगविहीन अवस्थामा रहेको जनाइएको छ ।

महालेखाले ती सामग्री अन्य विपद् व्यवस्थापनमा उपयोग गर्न आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप