अरबौं खर्च गरेर निर्माण गरिएका होल्डिङ सेन्टर प्रयोगविहीन
शुक्रबार, ०१ वैशाख २०८०, १४ : ३४
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को समयमा बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।
नेपाली सेनाका युनिटअन्तर्गत कोरोना महामारीका समयमा बनाइएको होल्डिङ सेन्टर प्रयोग विहीन अवस्थामा रहेको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७८/३/३ गते मा खरिद गरी झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरमा १ हजार बेड क्षमताका ६ होल्डिङ सेन्टर रु २ अर्ब १६ करोड ३५ लाख खर्च गरेर निर्माण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जडान गरिएको अक्सिजन आपूर्ति उपकरण, बिरामी बेड तथा अन्य स्वास्थ्य सामग्री होल्डिङ सेन्टर सञ्चालन नभएका कारण प्रयोगविहीन अवस्थामा रहेको जनाइएको छ ।
महालेखाले ती सामग्री अन्य विपद् व्यवस्थापनमा उपयोग गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण