गण्डकी प्रदेशको अधिवेशन आह्वान, संसदबाटै राजीनामा दिने मुख्यमन्त्री अधिकारीको तयारी
पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार वैशाख ९ गते अधिवेशन आह्वान गरेका हुन् ।
माओवादीले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो ।
‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेश सभा भवन, नदीपुर मा २०८० वैशाख ९ गते शनिबार दिउँसो ३ बजे आरम्भ हुने जानकारी गराउँछु,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।
अल्पमतमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गतेसम्म सरकार छोड्नुपर्ने अवस्था छ ।
स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले सो दिन विश्वासको मत नलिई संसदबाटै राजीनामा दिने तयारी गरेका छन् । ‘विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छैन । हामीलेहरुले मुख्यमन्त्री ज्यूलाई रोस्टमबाटै राजीनामा दिन आहन गरेका छौं,’ मुख्यमन्त्री स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण