कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकका सिइओबीच छलफल
काठमाडौँ । दक्षिण कोरियन पूर्व मन्त्री डा.ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङसँग विदेशी लगानी भित्र्याएर नेपालका विभिन्न क्षेत्रको विकास गर्नेबारे छलफल गरेका छन् ।
बिहीबार रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा दुवै पक्षले सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन् । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा कोरियाका पूर्व मन्त्री डा.ली नेपालका सरकारी तथा निजी आर्थिक क्षेत्रका निकायहरूसँग एक सातादेखि भेटघाट र छलफलमा रहेका छन् ।
कोरिया–एसिया इकोनमिक को अपरेसन एसोसिएसनका अध्यक्ष समेत रहेका डा.लीले बिहीबार सिइअाे गुरुङसँग वैदेशिक लगानी कृषि विकास बैङ्कमार्फत परिचालन गर्नेबारे विशेष छलफल गरेका थिए । डा.लीले विशेष गरेर सर्वसाधारण आम नागरिकले सेवा र सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुको लगानी गर्ने बताए । आफूहरूले हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिक पोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आम जनताले प्रत्यक्ष लाभ पाउने ठुला परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानी पूर्ण सुरक्षाको सुनिश्चितता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको बताए ।
सिइओ गुरुङले आफू नेतृत्वको बैङ्कलाई लीले प्रस्ताव राखेजस्तै ठुलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रिय मौद्रिक नीतिका कारण केही जटिलता रहेको बताए । आफूहरूसँग ठूला ठूला आयोजनाहरू पाइप लाइनमा बसेको र लगानीको खोजीमा रहेको बताउँदै निकट भविष्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्न सकिने धारणा उनले राखे ।
छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरिया लगायताका विश्वका विकसित देशहरूले सुरुमा विदेशी लगानीको भरपूर सदुपयोग गरेको बताउँदै, नेपालले पनि त्यही गर्न सक्ने धारणा राखे ।
सो भेटघाटमा रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल, सङ्घकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैङ्कका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, बिजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदिपकुमार दाहाल र पीडी इन्जिनियरिङ प्रालिका डाइरेक्टर देव गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोसिस गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण