स्वास्थ्यमा सेवामा ४ हजार ६६६ दरबन्दी रिक्त
काठमाडौँ । संघीयता लागू भएपनि स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन व्यवस्थित नभएको पाइएको छ ।
महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा समायोजन पश्चात् पनि व्यवस्थित नभएको उल्लेख गरेको हो । कार्यालयमा बढी र घटी कर्मचारी हुँदा कार्यबोझ र सेवा प्रवाहको अवस्था यथावत् रहको जनाएको छ ।
स्वास्थ्य मन्त्रालय साबिकमा ३१ हजार ५९२ दरबन्दी रहेको मध्ये संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ कर्मचारी समायोजन भएका, २०९ फाजिलमा रहेका र ४ हजार ६६६ दरबन्दी रिक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले काममा सहजीकरण, विभाग मातहत अन्य कार्यालयसमेत नरहेकोले प्रशासनिक र सेवा प्रवाह सरलीकृत गर्न लागत अनुसारको लाभ प्राप्तिका लागि संगठन संरचनामा पुनरावलोकन गर्न आवश्यकता रहेको औँल्याइएको छ ।
कर्मचारी समायोजन नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ मा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिनाभन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण