साताको सेयर बजार : अर्थतन्त्रमा सकरात्मक सूचक देखिएपछि ६७ अंक बढ्यो
काठमाडौँ । लामो समयदेखि ओरालो गतिमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता भने उत्साहजनक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा आर्थिक स्थिति ठिकठाक देखिएपछि सेयर बजारले लय समातेको हो । यसबाहेक, वैशाखदेखि ब्याजदर एकल अंकमा ल्याउने निर्णयले समेत सेयर बजार बढाउन मलजल गरेको छ । बैंकर्स संघको बैठकले वैशाखदेखि ब्याजदर १० प्रतिशतभन्दा तल ल्याउने निर्णय गरेको थियो । यो निर्णयपछि, एकैदिन नेप्से ९२ अंकले उकालो लागेको थियो ।
गत साताको शुक्रबार १८६७ अंकमा रहेको नेप्से सूचक ३ प्रतिशतको वृद्धिसँगै १९३४ अंकमा पुगेर रोकिएको छ । यो साता कारोबार भएको ५ मध्ये ३ दिन परिसूचक उकालो लागेको थियो । यससँगै, परिसूचक उच्च अंकले बढेर बन्द भएको हो ।
यसक्रममा कारोबार रकम पनि बढेको छ । साताभरमा करिब ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकी, गत साता ४ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से परिसूचक र कारोबार रकम दुवै बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ । गतसाता २७ खर्ब ४ अर्बमा आइपुगेको नेप्से पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण