बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मृत्यु

आइतबार, ०३ वैशाख २०८०, ०९ : ५४
आइतबार, ०३ वैशाख २०८०

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा मृत्यु भएको हो ।

मुटुको बिरामी समेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो केही साता यता सुदूरपश्चिममा कोरोना संक्रमितको वृद्धि हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप