कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरूको सङ्ख्या बढ्यो

काठमाडौँ । कोरोना सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाबिरुद्धको खोप लगाउनेहरूको सङ्ख्या बढ्न थालेको छ ।
पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउन उपस्थित हुनेहरू बाक्लिएका छन् । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितहरू बढिरहेका छन् । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताए ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी सङ्क्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत सङ्क्रमण फैलाइरहेको बताए । कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाडौँको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरू बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ ।
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोरोना सङ्क्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन एडटेक कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
-
शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत
-
लुम्बिनी प्रदेशको बजेट कार्यान्वयनको अवस्था, अवरोध र समाधान
-
लुम्बिनी सरकार बर्सेनि बजेटको आकार घटाउने दबाबमा