कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरूको सङ्ख्या बढ्यो
काठमाडौँ । कोरोना सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाबिरुद्धको खोप लगाउनेहरूको सङ्ख्या बढ्न थालेको छ ।
पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउन उपस्थित हुनेहरू बाक्लिएका छन् । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितहरू बढिरहेका छन् । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताए ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी सङ्क्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत सङ्क्रमण फैलाइरहेको बताए । कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाडौँको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरू बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ ।
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोरोना सङ्क्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण