कर्णालीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सुर्खेत । कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रदेश खेलकुद परिषद्को आयोजनामा आयोजित प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रमा अग्रसर भइरहेकोप्रति खुसी व्यक्त गरे । थुप्रै ख्यातिप्राप्त खेलाडी जन्माएको कर्णाली उर्वर भूमि रहेको भन्दै शर्माले सरकार खेल क्षेत्रको विकासमा अग्रसर भइरहेको उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा सहभागी कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली विपन्नताबाट गुज्रिएको भए पनि खेल क्षेत्रमा उल्लेखनीय विकास भइरहेको बताए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने अझै पनि खेल क्षेत्रका लागि कर्णालीमा पूर्वाधारको अभाव भइरहेकाले सरकारले यतातर्फ ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण