शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

कर्णालीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आइतबार, ०३ वैशाख २०८०, १३ : ५२
आइतबार, ०३ वैशाख २०८०

सुर्खेत । कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रदेश खेलकुद परिषद्को आयोजनामा आयोजित प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रमा अग्रसर भइरहेकोप्रति खुसी व्यक्त गरे । थुप्रै ख्यातिप्राप्त खेलाडी जन्माएको कर्णाली उर्वर भूमि रहेको भन्दै शर्माले सरकार खेल क्षेत्रको विकासमा अग्रसर भइरहेको उल्लेख गरे ।  

उद्घाटन कार्यक्रममा सहभागी कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली विपन्नताबाट गुज्रिएको भए पनि खेल क्षेत्रमा उल्लेखनीय विकास भइरहेको बताए ।  एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने अझै पनि खेल क्षेत्रका लागि कर्णालीमा पूर्वाधारको अभाव भइरहेकाले सरकारले यतातर्फ ध्यान दिनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप