सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुबई : आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु

आइतबार, ०३ वैशाख २०८०, १४ : २०
आइतबार, ०३ वैशाख २०८०

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ ।  समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । 

भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि रहेको बताएको छ । 

दुबई सिभिल डिफेन्सका प्रवक्ताले प्रारम्भिक अनुसन्धानले भवनमा आगोबाट बच्ने पर्याप्त प्रबन्ध नभएको देखाएको जानकारी दिएका छन् । आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप