सूर्य नेपाल एनपिजीए टुर सोमवारबाट हुने
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट गोकर्ण गल्फ क्लबमा हुने भएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर सूर्य नेपालले सूर्य नेपाल एनपिजीए टुर आयोजना हुने जानकारी दिएको हो । चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा ३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता जनाउने छन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउनेछन् ।
चार दिने प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ, रवि खड्का, सद्भाव आचार्य , सुवास तामाङ लगायतले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार रकम आठ लाख रुपैयाँ छ । विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण