सूर्य नेपाल एनपिजीए टुर सोमवारबाट हुने
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट गोकर्ण गल्फ क्लबमा हुने भएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर सूर्य नेपालले सूर्य नेपाल एनपिजीए टुर आयोजना हुने जानकारी दिएको हो । चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा ३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता जनाउने छन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउनेछन् ।
चार दिने प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ, रवि खड्का, सद्भाव आचार्य , सुवास तामाङ लगायतले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार रकम आठ लाख रुपैयाँ छ । विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षपछि जब राजेश हमाल अष्टनारायण हल पुगेँ...
-
अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित
-
गुचीको साडीमा कान्स पुगिन् आलिया
-
जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
-
जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर पूरा हुन्छ : मन्त्री दाहाल
-
सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीहरूले धर्ना