रविका चालक छतबाट खसेको घटना : सोधपुछका लागि महामन्त्री ढकालका चालक नियन्त्रणमा
सोमबार, ०४ वैशाख २०८०, ११ : ०१
काठमाडौँ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् । लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण