समाचार
रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर गम्भीर घाइते
सोमबार, ०४ वैशाख २०८०, ०८ : ५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका-११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चितवन २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार लामिछानेका गाडी चालक थापा आइतबार तनहुँबाट चितवन फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण