गोपाल खड्काको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीलाई पक्राउ गर्न आदेश
सोमबार, ०४ वैशाख २०८०, २३ : १५
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको भ्रष्टाचार मुद्दामा अदालतले सरकारी साक्षीलाई पक्राउ गर्न आदेश गरेको छ ।
गोपाल खड्का प्रतिवादी भएको मुद्दामा सरकार पक्षका साक्षी निमा टासी शेर्पालाई पक्राउ गर्न आदेश भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले रातोपाटीलाई बताए ।
सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाथ थारुले सो आदेश गरेका हुन् ।
अख्तियारले २३ पुस २०७५ मा खड्काले १८ करोड भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्दामा शेर्पा सरकारी साक्षी थिए । बकपत्रका लागी पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गरेर ल्याउन इजलासले आदेश गरेको छ ।
प्रतिवादी खड्का अदालतमा हाजिर भएर नियमित तारेखमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण