बन्द हुन लागेको हो ‘द कपिल शर्मा शो ?’ हास्य कलाकारले दिए जानकारी
द कपिल शर्मा शो टिभीमा धेरै रुचाइएको कार्यक्रम हो । शोले धेरै प्रशंसक बटुल्न सफल भएको छ । तर केही दिन अघि कपिलको शो बन्द हुन लागेको खबर आइरहेको छ । रिपोर्टमा बताइए अनुसार जून महिनामा द कपिल शर्मा शो बन्द हुनेछ ।
कार्यक्रम बन्द हुन लागेको खबरमा धेरैले प्रतिक्रियासमेत दिएका थिए । तर अब कपिलले शो बन्द हुन लागेको खबरबारे मुख खोलेका छन् । इटाइम्सलाई दिएको अन्तरवार्तामा कपिलले भने, ‘यसबारे अहिले नै केही निश्चित भइसकेको छैन ।’
कपिलले थपे, ‘जुलाईमा टुरका लागि हामी अमेरिका जानुपर्ने छ । त्यति बेला हामीले के गर्न सक्छौँ, त्यो हेर्नै बाँकी छ ।’ कपिलको बयानले त यति स्पष्ट हुन्छ कि जुलाईमा उनी आफ्नो लाइभ टुरमा व्यस्त रहनेछन् । यस्तोमा कार्यक्रम केही समयका लागि बन्द हुनसक्ने सम्भावना भने छ ।
यद्यपि, अहिले नै केही स्पष्ट जानकारी आइसकेको छैन । निर्माताको आधिकारिक जानकारी आएपछि मात्रै बन्द हुने नहुने निश्चित हुनेछ ।
स्मरण रहोस्, अघिल्लो वर्ष पनि कपिल शर्माले छोटो ब्रेक लिएका थिए । त्यति बेला उनी आफ्नो टिमसँग अमेरिका–क्यानडा भ्रमणमा गएका थिए ।
यस वर्ष पनि निर्माताले यस्तो योजना बनाएको हुन सक्छन् ।
द कपिल शर्मा शोको कुरा गर्ने हो भने यसको पहिलो सिजन सन् २०१६ मा सुरु भएको थियो । शो थुप्रै कारणले चर्चामा रह्यो । शोको हरेक सिजनलाई दर्शकले अत्यधिक माया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण