बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

मङ्गलबार, ०५ वैशाख २०८०, १२ : ३८
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको “कोष स्थापना र संचालन कार्यव्यवस्था नियमावली २०५५ अन्र्तगत वि.स. २०३९ साल देखि सञ्चालित राष्ट्रिय अपाङ्ग कोषले देश भरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता पुनर्स्थापनाका साथै चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी समाज कार्यका लागि समाज कल्याण परिवदद्वारा स्थापित सञ्चालित कोष हो । 

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक  १ हजार ५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, वैशाखी, सेतो छडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पु¥याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई  उक्त रकम सहयोग गरेको हो ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप