एकीकृत समाजवादीको पार्टी सुदृढीकरण विशेष अभियानको म्याद दुई महिना थप
मङ्गलबार, ०५ वैशाख २०८०, १६ : २३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी सुदृढीकरण विशेष अभियानको म्याद दुई महिना थपेको छ ।
सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले संगठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्मलाई थपेको हो ।
पार्टी सुदृढीकरण विशेष अभियानको म्याद २ महिनालाई थप गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकपछि जानकारी दिए । नेता खतिवडाले पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने समेत बताए ।
यसअघि एकीकृत समाजवादीले चैत ५ देखि वैशाख ५ गतेसम्म पार्टी सुदृढीकरण विशेष अभियान चलाउने भनेर निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन