बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबै भूमिहीनहरूलाई लालपुर्जा वितरण हुन्छः मन्त्री चौधरी

मङ्गलबार, ०५ वैशाख २०८०, १६ : २६
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गरेकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य आफूले दिएको बताएकी हुन् । मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिइन् । 

उनले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा गरिन् । मन्त्री श्रेष्ठले भनिन्, ‘मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौँ, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलवासी लाखौं नेवारहरू लालपुर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपुर्जा पाउनै पर्दछ । काठमाडौँको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको गुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरू सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु । ’

 

मन्त्री श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप