आगो निभाउने क्रममा वृद्ध घाइते, पाँच गोठ जले

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते भएका छन् । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए । आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले छत्रकोट गाउँपालिका–२ डाङ्ग्रे बस्ने खीमा रजालीको दुई तले कच्ची गोठसमेत जलेर पूर्णरूपमा नष्ट भएको छ भने सोही ठाउँका दुर्गाबहादुर रजालीकोे गोठमा पनि आगलागी भएको छ । गोठमा आगलागी हुँदा एउटा बाख्रा जलेर मरेको छ ।
आगलागीबाट छत्रकोटकै स्थानीयवासी रुपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ जलेको सशस्त्र बलका प्रहरी नायब उपरीक्षक खड्काले बताए । आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्रको टोली तत्काल घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । जिल्लाका अधिकांश वन क्षेत्रमा दिनहुँ आगलागीका घटना बढ्दै जान थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला
-
सुख, शान्ति र समृद्धिको बाटो : आम मानिसले बुझ्नुपर्ने सूत्र
-
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
-
लस भेगसमा नेजाको नवौँ अधिवेशन सुरु