ठेक्का लगाएर काम अधुरो छाडियो : महालेखा
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ठेक्का लगाएर अधुरो छाडिएको काम छिटो सक्नुपर्नेमा जोड दिएको छ । महालेखाले २० औं वार्षिक प्रतिवेदनमा एकाइ कार्यालय, मोरङले लगाएको ठेक्काका काम अधुरो नै रहेको उल्लेख गरेको हो ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ र नियम १२८ मा खरिद सम्झौताको शर्त बमोजिम निर्माण कार्य सम्पन्न नगरेमा पूर्वनिर्धारित क्षतिपूर्ति असुल गरी निर्माण व्यवसायीको लागतमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ । एकाइ कार्यालय मोरङले ८ निर्माण व्यवसायीसँग २०७९ जेठ ३० सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो ।
उक्त अवधिसम्ममा काम सम्पन्न गर्नुपर्ने गरी ३ करोड १० लाखको सम्झौता गरेकोमा १ करोड ५५ लाख रुपैयाँ रहेको ४ तटबन्ध निर्माण काम नै शुरु भएको छैन । यस्तै, १ करोड ५५ लाख सम्झौताको निर्माण कार्यमा १ करोड ६ लाखको मात्र कार्य गरी निर्माण कार्य अधुरो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण