बुढीगण्डकी जलविद्युत आयोजना सुरु गर्न सभामुख घिमिरेको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उनले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताए । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्याए ।
‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भइसकेको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ । र, यो यति ठूलो कम्पनी हो । यो आयोजना निर्माणका सरकारको ध्यान पुगेन’ उनले भने, ‘म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्नेगरी यो सुरुवात गरियोस् । म सरकारलाई चाँडो भन्दा चाँडा यो रोष्टममा आएर उभिएर हामी यतिसाल भित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौं भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् भन्ने माग गर्न चाहन्छु ।’
उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण