संवैधानिक निकायलाई ‘रिटायर्डहरुको क्लबजस्तो ’ बनाउन हुँदैन : सांसद सापकोटा
काठमाडौँ । प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरुलाई ‘रिटायर्डहरुको क्लबजस्तो ’ बनाउन नहुने टिप्पणी गरेका छन् । सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्ताव समेत गरे । उनले भने, ‘हाम्रा संवैधानिक निकायहरु रिटायर्डहरुको क्लबजस्तो भएका छन । र, यहाँ गएर शक्ति प्रदर्शन गर्ने, आराम गर्ने थलोजस्तो भएको छ । अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेका मानिसहरु अख्तियारमा गएर बस्नु हुँदैन ।’
बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले त्यस्ता व्यक्तिहरु अख्तियार दूरपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्क समेत गरे । लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाए विज्ञहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पठाएमात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धि समस्या समाधान हुने सांसद सापकोटाको भनाई थियो ।
‘कुनैपनि लाभको पदमा पुगेका वा अख्तियारी प्रयोग गरेका त्यहाँ जानुभएको छ, त्यसले कुनै न कुनै रुपमा त्यहाँ प्रभावित तुल्याउँछ, तुल्याउँछ । यस्ता नागरिकहरु जानुपर्यो, एक पटक पनि जिन्दगीमा लाभको पद नलिएको, अख्तियार प्रयोग नगरेको र विज्ञको रुपमा विकसित भएको मानिसहरुलाई छानियो भने मात्रै यी समस्याहरुको हल गर्न सकिन्छ । नकि ठूला नेताहरुलाई धारे हात लगाएर मात्रै यो कुराको समस्या समाधान गर्न सकिँदैन ।’
सांसद सापकोटाले ठूला नेताहरुलाई धारे हात लगाउने भन्दा पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण