सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सदनमाथि सरकारको हालीमुहाली बन्द गरौँ : सांसद श्रेष्ठ

बुधबार, ०६ वैशाख २०८०, १६ : १८
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली बन्द गर्न आग्रह गरेकी छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकी हुन् ।  

उनले मंगलबार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाइन् । उनले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनी प्रश्न समेत गरिन् । उनले संसद् र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला ? भनेर प्रश्न गरिन् ।  

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप