आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विरोध

बुधबार, ०६ वैशाख २०८०, १९ : ०१
बुधबार, ०६ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको  प्रक्रिया अगाडि बढाएको प्रति विरोध भएको छ । 

सरकारले नियमावली निर्माण नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले विरोध जनाएको हो । महासंघले सरोकारवाल पक्षसँग छलफल नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको बताएको छ । 

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चार विधेयकमा कतिपय विषयहरू बाझिएको, संवाद र  छलफल नगरी अगाडि बढाइएको तथा नियुक्ति प्रक्रिया अगाडि बढाउने कार्य रोक्न माग गरेको छ । 

प्रदेश महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा परिषद् सम्बन्धी नियमावली सम्बन्धी  आवश्यक कदम चाल्न मार्ग  गर्दै हतार  प्रतिष्ठान गठन गरे विरोधका कार्यक्रम गर्ने उल्लेख गरिएको छ । 

यस्तै सरकारले  प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएकोमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले पनि विरोध जनाएको छ । 

प्रेस युनियन लुम्बिनी  प्रदेश  महासचिव नवीन गिरीले विज्ञप्ति जारी गर्दै  नियमावली नै नबनाई हतारमा  प्रतिष्ठान गठन  गर्ने प्रक्रिया अगाडि  बढाउने कार्य प्रेस युनियनले स्वीकार्य नगर्ने   चेतावनी  दिएका छन् ।  

1111111111111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप