सप्तकोशी नदीमा बेपत्ता भएका एक जनाको शव भेटियो
बुधबार, ०६ वैशाख २०८०, १९ : ४४
सुनसरी । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा बुधबार तीन युवक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
बेपत्ता भएका दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण