प्रहरीका १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय
बुधबार, ०६ वैशाख २०८०, २१ : ५०
१

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरिएको । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधवार बढुवा समितिको सिफारिस अनुसार बढुवा निर्णय गरेका हुन् ।
२०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रबिन्द्र के.सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् ।
बढुवा सिफरिस बिरुद्ध प्रतिस्पर्धी मध्येका एसएसपी चक्र बहादुर सिंह र अनुराग द्धिवेदीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । आयोगले सो उजुरी खारेज गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी