ए डिभिजन लिगमा दसौँ चरणका अन्तिममा दुई खेल हुँदै
बिहीबार, ०७ वैशाख २०८०, ०८ : २२
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ । आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अङ्क जोडेको छ भने दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३औँ स्थानमा छ ।
उता, दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिड्ने छन् । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ । छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अङ्क जोडेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण