रद्द भएको विज्ञापन बापतको दस्तुर फिर्ता गर्दै नेपाल रेल्वे
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले रद्द भएको विज्ञापन दस्तुर फिर्ता गर्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामले बुधबार एक सूचना जारी गर्दै उक्त दस्तुर फिर्ता गर्ने भएका छन् । रेल्वेले मिति २९ भदौ २०७७ मा विभिन्न पदका लागि करारमा कर्मचारी भर्ना गर्न विज्ञापन आव्हान गरेको थियो । तर कम्पनीले कर्मचारी भर्ना नगरी विज्ञापन रद्द गरेको थियो ।
विज्ञापन रद्द भएको करिब अढाई वर्षपछि कम्पनीले आवेदकहरूको दस्तुर फिर्ता गर्न लागेको हो । कम्पनीले आवेदकहरूलाई आवेदन दस्तुर फिर्ताको लागि ३५ दिने समय दिएको छ ।
आवेदकहरूलाई दस्तुर फिर्ता लिन बैंकको सक्कल भौचर र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित रेल्वेको जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाद्वारा जारी सूचनामा उल्लेख छ ।
रेल्वे कम्पनीले एक सय २९ करार कर्मचारी भर्नाका लागि विज्ञापन गरेकोमा ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका थिए । तर, लोकसेवा आयोजकले २० असोज २०७७ मा प्रक्रिया स्थगित गर्न सिफारिस गरेपछि विज्ञापन रद्द गरिएको थियो ।
उक्त विज्ञापन २७ असोज २०७७ मा मन्त्रिपरिषद्ले प्रक्रिया पूरा गरी विज्ञापन रद्द गर्ने निर्णय गरेको थियो ।
कम्पनीले अधिकृतस्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय आवेदन दस्तुर तोकेको थियो।
यसरी आवेदकहरूबाट दस्तुरबापत करिब एक करोड ३६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण