आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भावी राष्ट्रपति आज तय, विद्याका लागि झलनाथको ‘ब्रेकर’

मङ्गलबार, २२ फागुन २०७४, ११ : २४
मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चुनावलगत्तै दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेकी थिइन् । 

तर, उनको कसरत सर्वसम्मत तहमा पुग्न सकेको छैन् ।

बरु, उम्मेदवार चयनसम्म आउदा उनीमाथि दवाव बढ्दै गएको देखिन्छ ।

पार्टीभित्र उनलाई फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा सजिलो अंकगणित छैन् । 

यहीकारण एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको मुद्दा पेचिलो बन्दै गएको छ ।

बाम गठबन्धनको सहमतिअनुसार राष्ट्रपति एमालेको कोटामा छ । 

तर, यसमा २ जना आकांक्षी छन् । 

आकांक्षीलाई लिएर एमालेभित्र नेता विभाजित छन् । 

राष्ट्रपतिको निर्वाचन अन्र्तगत बुधबार उम्मेदवारी मनोनयन हुँदैछ । 

एमाले र काँग्रेस आज बेलुकासम्म आ–आफ्ना तर्फबाट उम्मेदवार टुङ्ग्याउँदै छन् । 

एमाले र काँग्रेस दुवैले आज बेलुका बैठक बोलाएका छन् ।

एमालेले बेलुका ४ बजे स्थायी समिति बैठक बोलाएको छ । 

बालुबाटारमा बस्ने स्थायी समितिको बैठकले अब को राष्ट्रपति बन्ने भन्ने टुङ्गो लाग्ने स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।

राष्ट्रपतिको निर्वाचन २९ फागुनमा हुँदैछ । 

प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमार्फत उम्मेदवार छनोट गरिने एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुन दोहोर्याउने आकांक्षा राखेकी छन् भने पुर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले आफूलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याएका छन् । 

उनले गत मंसिरमा भएको निर्वाचनको मतदानपछि नै आफु राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । तर, खनालको उक्त चाहनाप्रति पार्टी अध्यक्ष ओली अहिलेसम्म दायाँ हुन सकेका छैनन । 
एमाले नेताहरुका अनुसार ओली भण्डारीलाई नै निरन्तरता दिने पक्षमा छन् ।

त्यसका लागि उनले पूर्व पदाधिकारीको भीड बढाउन नहुँने भन्दै नजिककालाई बोल्न लगाइसकेका छन् । त्यसैले आजको बैठकमा पनि ओलीले भण्डारीकै नाम अघि सार्ने लगभग पक्का जस्तै छ । 

तर, बैठकमा अर्का आकांक्षी खनाल पनि देखिने छन् । यदि स्थायी समितिमा सर्वसम्मत निर्णय नभए बहुमतका आधारमा समेत निर्णय गर्नुपर्ने भएको त्यसका लागि समेत एमाले नेता तयार देखिएका छन् । 
एमालेमा रहेको २७ सदस्यीय स्थायी कमिटी मध्ये २२ जनाले मात्र मतदान गर्न पाउनेछन् । 

जसमध्ये अहिलेको समिकरणमा ओली पक्षका १० र खनाल पक्षमा १० जनाको मत पर्ने देखिएको छ । 

४ आमन्त्रित सदस्य र एक पदेन सदस्यको मताधिकार नभएकाले २२ जना निर्णायक हुनेछन् । पार्टी अध्यक्षले मत बराबर भए निर्णायक मत दिन पाउने व्यवस्था छ ।

राष्ट्रपपतिका विषयमा नेता माधवकुमार नेपाल मौन छन् । 

माधव नेपाल र बामदेव गौतमले भोटिङ प्रक्रियामा गए सहयोग गर्ने आश्वन दिएको खनालपक्षमा रहेका एक नेताले बताए । 

यस अघि तीन नेतावीच ललितपुरमा संवाद भएको ती नेताको भनाई छ । 

राष्ट्रपतिमा सर्वसम्मत नभइ मतदान भएनेता नेपलको मत निर्णायक हुने कतिपय एमाले नेताहरुको बुझाई छ । 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप