बारा–२ मा उपेन्द्र यादवको विजय सुनिश्चित छः प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चत रहेको बताएका छन् ।
यादव सङ्घीयताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै प्रचण्डले उनले जित्नुपर्ने बताए । बिहीबार बारा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यादवले चुनाव जित्नु भनेको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका लागि लड्ने शक्तिले जित्नु भएको दाबी गरे ।
उनले भने, ‘पटक पटक संसद विघटन गर्ने शक्तिविरुद्ध लड्नका लागि गठन भएको गठबन्धनलाई अझै बलियो बनाउनुपर्छ ।’ गठबन्धनलाई बलियो बनाउन नै यादवलाई बारामा चुनाव लड्न पठाएको प्रचण्डको भनाइ थियो ।
उनले निजगढ विमानस्थल बनाइछाड्ने पनि उद्घोष गरे । उनले गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनस्थलका रूपमा विकास गर्न लागिपर्ने पनि बताए ।
यस्तै प्रचण्डले नागरिकता विधेयक संसदबाट पारित गराएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाए पनि प्रमाणीकरण हुन नसकेको बताउँदै अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण