कोभिड बढेसँगै विराटनगर रानी नाकामा एन्टिजेन्ट परीक्षण
विराटनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको सचिवालयमार्फत जारी गरिएको अपिललमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका) मा अटुट रुपमा एन्टिजेन्टको परीक्षण भइरहेको समेत अपिलमा उल्लेख छ । ‘विराटनगर–१५ स्थित रानी अस्पताल, विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र विराटनगर–१९ स्थित वैजनाथपुर अस्पतालबाट पनि कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको छ,’ अपिलमा भनिएको छ, ‘उक्त स्वास्थ्य केन्द्रहरूबाट आवश्यक परेको अवस्थामा जुनसुकै बेला परीक्षण गर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।’ केस इन्भेष्टिगेसन तथा कन्ट्याक ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्यकर्मी परिचालनसहित आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको महानगरले जनाएको छ ।
कोभिड–१९ को जस्तो मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा नजिकको स्वास्थ्य केन्द्र सम्पर्क गर्नसमेत विज्ञप्तिमार्फत महानगरवासीमा अनुरोध गरिएको छ । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन विराटनगर महानगरपालिका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण