सुर्खेत १ बाट निर्वाचित तीनैजना मन्त्री !
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं अहिलेका रक्षामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो–सुर्खेत १ । गत मंसिर ४ गते भएको आम निर्वाचनमा यो क्षेत्रबाट गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका थिए । २ वटा प्रदेशसभा निर्वाचित क्षेत्र रहेको यहाँबाट गत मंसिर ४ गतेको आम निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा खड्का, १ (क) बाट कांग्रेसकै खड्गबहादुर पोखरेल र (ख) बाट नेकपा माओवादीका कृष्णबहादुर जिसी निर्वाचित भएका थिए ।
अहिले यी तीनै जना मन्त्री बनेका छन् । खड्का नेपाल सरकारको रक्षा मन्त्री बनिसकेका छन् भने (ख) बाट निर्वाचन माओवादीका जिसी ११ माघमै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए । बिहीबार गठित नयाँ सरकारमा (क) बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल पनि मन्त्री बनेका छन् । पोखरेल प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण