बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

शुक्रबार, ०८ वैशाख २०८०, १४ : ४३
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । तीन क्षेत्रमा वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ । 

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ आजदेखि निर्वाचन आयोगमा उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको हो । 

 सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा रहेको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेका छन् । 

 संयन्त्रको कार्यारम्भ भएको अवसरमा  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने–गराउने सन्दर्भमा निर्देशन दिए।  संयन्त्र यही वैशाख ११ गतेसम्म रहने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप