नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई बालेनले गराए ध्यानाकर्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् ।
नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्तिबारे सचेत रहन विद्यार्थी तथा अभिभावकलाई पनि आग्रह गरेका छन् ।
मेयर बालेन शाहको स्ट्याटस जस्ताको त्यस्तै
निजी विद्यालयले छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धमा
काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउँदै नयाँ शैक्षिक सत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाडौँ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ ।
साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सूचित गराउन अनुरोध गरिन्छ ।
अस्त नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारबाही अगाडि बढाउन महानगर बाध्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण