मङ्गलबारे–पाराबारी जोड्ने सकड कालोपत्र
शनिबार, ०९ वैशाख २०८०, १३ : २६
इलाम । शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मङ्गलबारे– पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी रु ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो ।
सडक कालोपत्र निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो । शिवसताक्षीकै पुरानो बजार मङ्गलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्र गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए ।
सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, विर्तामोड लगायतका ठूला सहरमा बजारीकरणमा समेत सहज भएको नगरप्रमुख थोप्राको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण