बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङमा पनि हर्षोल्लासका साथ मनाइयो इदुलफित्र

शनिबार, ०९ वैशाख २०८०, १३ : ३१
शनिबार, ०९ वैशाख २०८०

मोरङ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ ।  विराटनगर महानगरपालिका–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । 

एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने  प्रचलन रहिआएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप