प्रचण्ड– माधवप्रति ओलीको कटाक्ष: सस्तो मूल्यमा बिके !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति कटाक्ष गर्दै उनीहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट पार्टीलाई ध्वस्त बनाएको बताएका छन् । शनिवार कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरुले कम्युनिस्ट पार्टीको झन्डा राख्नु नै विकार भएको बताए ।
‘हामीले दुई तिहाइ पुर्यायौं । पार्टी एकीकरण गरेर । तर, टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु भएन र उनीहरू विके’, प्रचण्ड माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यतिकै उनीहरुले कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, कुनै कारणविना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, सस्तो मूल्यमा बिके । के कस्तो मूल्य उहाँहरुलै जान्नुहोला । ’
अध्यक्ष ओलीले बाहिरबाट देख्ने धेरै कुरा देखिएको भन्दै भित्री कुरा उहाँहरुनै जानेको होला भने । त्यस क्रममा ओलीले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरूलाई एमालेमा आउन आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण