शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विपिन र अर्पणसँग अभिनय गर्नु चुनौती देखेँ– केकी अधिकारी

आइतबार, १० वैशाख २०८०, १४ : १२
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । निर्देशक सुदर्शन थापाले फिल्म ‘प्रसाद २’ सँग जति नै फिल्म जुध्न आए पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन् । आफूले फिल्म राम्रो बनाएको र राम्रो फिल्मलाई दर्शकले जहिले पनि माया दिने गरेको उनको धारणा रहेको थियो । ‘प्रसाद २’ आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यो मितिमा ‘प्रसाद २’ सहित अन्य तीन फिल्म रिलिज हुँदै छ ।

आइतबार ‘प्रसाद २’ युनिटले आयोजना गरेको एक कार्यक्रममा निर्देशक थापाले बाहिर आएको विभिन्न कन्टोभर्सीले समेत फिल्मको व्यवसायमा फरक नपर्ने दाबी गरे । ‘फिल्म निर्माण र फिल्मको विषयमा के कन्ट्रोभर्सी भयो भन्ने दर्शकका लागि केही फरक पर्दैन’ थापाले भने ‘फिल्म राम्रो बन्नुपर्छ दर्शकले माया दिनुहुन्छ ।’ ‘प्रसाद २’ एउटा सिक्वेल व्यावसायिक फिल्म दिने प्रयास आफूले गरेको उनको सुनाए । 

‘एउटा निर्देशकले जुन धारणा फिल्म गरे पनि आखिर कथा बन्ने हो’, थापाले थपे, ‘कुनै आफूले भनेको कथाले पब्लिकलाई छिट्टै टच गर्छ । कुनै ले ढिलो गर्छ ।’ ‘प्रसाद २’ आफूले भोगेको, आफूले देखेको र आफू हुर्किएको ठाउँको कथामा बनाएको उनले सुनाए । फिल्म निर्माण समयदेखि रिलिज समयसम्म निर्माताको आर्थिक व्यवहारलाई लिएर विभिन्न कन्ट्रोभर्सी बाहिर आएको छ । त्यसले फिल्ममा केही फरक नपर्ने थापाको धारणा रहेको छ । उनले अगाडि भन्छन्, ‘फिल्मको विषयमा आएको विभिन्न कन्ट्रोभर्सीले मलाई अझ परिपक्व बनाएको छ । यो सिकाई अन्य आगामी यात्रामा काम लाग्छ ।’

फिल्ममा अभिनेत्री केकी अधिकारीले नारायणी चरित्रको भूमिका निर्वाह गरेकी छन् । फिल्मको पहिलो सिक्वेल ‘प्रसाद’ मा यो भूमिका अभिनेत्री नम्रता श्रेष्ठले निर्वाह गरेकी थिइन् । कार्यक्रममा अभिनेत्री अधिकारीले फिल्मको पहिलो सिक्वेलको नारायणी चरित्रले फिल्ममा जुन महत्त्व राख्छ आफूले सिक्वेलमा पनि त्यो महत्त्व मर्न नदिएको बताइन् । ‘नारायणी क्यारेक्टर पहिले सिक्वेल जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली अनुहार मात्र परिवर्तन भएको हो’, अधिकारीले भनिन् ‘विभिन्न कारणले गर्दा एउटा कलाकारले अभिनय गर्न चुकेको फिल्म मैले चुनौती र अवसरको रूपमा लिएर अभिनय गरे ।’ फिल्ममा नारायणीको भूमिका भन्दा च्यालेन्ज आफूलाई विपिन कार्की र अर्पण थापासँग अभिनय गर्नु रहेको उनले सुनाइन् ।

‘निर्देशक सुदर्शन थापासँग पहिलो पटक काम गर्दै छु । त्यो अनुभव कस्तो होला । विपिन र अर्पण जस्तो उम्दा कलाकारसँग एउटै फ्रेममा छु । सँगै उभिँदा उहाँहरू झैँ चरित्र निर्वाह काम सक्छु सक्दिन । यी विभिन्न चुनौती थिए’, उनले भनिन् ‘चुनौती सजिलै पार गएर आएको छु । फिल्म पनि राम्रो बनेको छ ।’ फिल्ममा पात्र परिवर्तन हुनु सामान्य कुरो भएको केकी सुनाउँछिन् ।

लेखक सुशील पौडेलले फिल्मबाट अघिल्लो पाटलाई अझ गहिरिएर बुझ्न सकिने बताए । ‘फिल्म जहाँबाट सकिएको थियो । त्यहीबाट सुरु हुन्छ’ पौडेलले भने ‘अघिल्लो पाटमा उठेका विभिन्न प्रश्नको जवाफ यसले दिन्छ ।’ पौडेलले तेस्रो सिक्वेल अहिले बन्ने नबन्ने यसै भन्न नसकिने धारणा राखे । फिल्मका वितरक गोपालकाजी कायस्थले फिल्मले राम्रो धेरै हल पाउने बताए । ‘प्रसाद २’ को रिलिज वैशाख १५ भन्दा कोही फिल्म आएको थिएन’ कायस्थले भने–‘अहिले ४ फिल्म जुध्न आएको छ । जति नै फिल्म जुधे पनि रिलिज अब सर्दैन ।’     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप