नेप्से १८ अंकले घट्यो, ८२ करोड ८५ लाख रुपैयाँको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकमाथिले घट्न पुगेको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १५.७३ अंकले घटेर १९ सय ४.४० विन्दुमा झरेको नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा ओर्लिएको हो ।
नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेर ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँमा झरेको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक (०.३१ प्रतिशत) बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.०१ प्रतिशतले घटेको छ भने बैंकिङ समूह १.२४ प्रतिशतले, जीवन बीमा समूह १.२५ प्रतिशतले, हाइड्रोपावर १.१३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०४ प्रतिशतले घटेका छन् । अन्य उपसूचहरु १ प्रतिशत कमले घटेका छन् ।
यद्यपि, आज सुनराइज ब्लूचिप फण्ड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक दर्शन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सँगै सनराइज फोकस इक्युटी फण्डका लगानीकर्ताहरुले भने आज १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण