आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, ११ वैशाख २०८०, १० : ५३

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा मूल्य २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?