लुम्बिनीमा फेरि गिरी नेतृत्वमै सरकार बनाउने एमालेको तयारी
बुटवल । प्रदेश सभाबाट विश्वासको मत नपाएपनि नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार फेरि लुम्बिनी प्रदेशमा लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । एमालेका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी चौधरीले अब धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी गरेको रातोपाटीलाई बताए ।
उनले प्रदेश प्रमुखले धारा २ अनुसार प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उनले त्यसमा ठुलो दलको हैसियतमा एमालेले एक महिना सरकार चलाउन पाउने अवस्था रहेको बताए । प्रमुख सचेतक चौधरीले प्रदेश प्रमुख अर्को धारामा जान नमिल्ने जिकिर गर्दे आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भएपनि ठुलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए । उनले भने, ‘संविधान अनुसार नै हामीले अर्को सरकार गठन गर्ने हो त्यसमा प्रदेश प्रमुख अर्को धारामा जान मिल्दैन ।’
एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै धारा ३ जानुपर्ने जनाएको छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो । लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण प्रदेशप्रमुख अमिक शेरचनलाई बुझाउने तयारी रहेको छ ।
यद्यपि, प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अन्र्तगत आह्न गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयमा रातोपाटीले पटक पटक फोन गर्दा यस विषयमा छिट्टै निर्णय हुने भन्दै स्पष्ट बोल्न कोही पनि चाहेनन् । लुम्बिनी प्रदेशमा एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण