सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि अब १० वर्ष बनाइने
मङ्गलबार, १२ वैशाख २०८०, १५ : ४०
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिए ।
५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको मन्त्री ज्वालाको भनाइ छ । हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ ।
नवीकरणको समयावधि बढाएर राहदानी (पासपोर्ट) कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पु¥याउन लागेको हो । योसँगै सेवाग्राही सर्वसाधारणलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण