आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि अब १० वर्ष बनाइने

मङ्गलबार, १२ वैशाख २०८०, १५ : ४०
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिए ।

५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको मन्त्री ज्वालाको भनाइ छ । हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ । 

नवीकरणको समयावधि बढाएर राहदानी (पासपोर्ट) कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पु¥याउन लागेको हो । योसँगै सेवाग्राही सर्वसाधारणलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप