खजुरा गाउँपालिकाले फुसका छाना हटाउँदै
बाँके । बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ । गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएको खजुरा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका छाना हटाएर टिनको छाना लगाइने जानकारी दिए ।
“लाभग्राहीसँग सम्झौता सुरु भइसकेको छ, यसलाई वैशाख १४ गतेभित्र सक्ने गरी काम भएको छ”, उनले भने । एउटा घरका लागि रु ५० हजार बजेट छुट्टाइएको छ ।
यसका लागि गाउँपालिकाले केही समयअघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरेकोमा एक सय ५७ परिवारले आवेदन दिएका छन् । तर एक जनाको आवेदन विवादित भएकाले उनको विषयमा छानबिन भइरहेको जनाइएको छ ।
खजुराले फुसको छाना हटाइ टिनको छाना लगाउन रु ८० लाख बजेट छुट्ट्याएको छ । पहिलो चरणमा एक सय ५६ घरमा टिनको छाना लगाउने गरी सहयोग गरिने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए ।
“यसपटक पालो नपाउनेले अर्को वर्ष प्राथमिकतामा पर्नुहुनेछ, गत वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत एक सय ८७ जनाले फुसको छाना हटाएर जस्ता पाता लगाउने सेवा लिनुभएको थियो”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण