खजुरा गाउँपालिकाले फुसका छाना हटाउँदै

बाँके । बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ । गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएको खजुरा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका छाना हटाएर टिनको छाना लगाइने जानकारी दिए ।
“लाभग्राहीसँग सम्झौता सुरु भइसकेको छ, यसलाई वैशाख १४ गतेभित्र सक्ने गरी काम भएको छ”, उनले भने । एउटा घरका लागि रु ५० हजार बजेट छुट्टाइएको छ ।
यसका लागि गाउँपालिकाले केही समयअघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरेकोमा एक सय ५७ परिवारले आवेदन दिएका छन् । तर एक जनाको आवेदन विवादित भएकाले उनको विषयमा छानबिन भइरहेको जनाइएको छ ।
खजुराले फुसको छाना हटाइ टिनको छाना लगाउन रु ८० लाख बजेट छुट्ट्याएको छ । पहिलो चरणमा एक सय ५६ घरमा टिनको छाना लगाउने गरी सहयोग गरिने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए ।
“यसपटक पालो नपाउनेले अर्को वर्ष प्राथमिकतामा पर्नुहुनेछ, गत वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत एक सय ८७ जनाले फुसको छाना हटाएर जस्ता पाता लगाउने सेवा लिनुभएको थियो”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय