ऐन विपरीत स्वकीयको नाममा ८ करोड ५३ लाख भुक्तानी
काठमाडौँ । ऐन विपरीत स्थानीय तहहरूमा जनप्रतिनिधिहरूले आफू खुसी स्वकीय (निजी सचिव, सल्लाहकार) राखेर करोडौं हिनामिना गरेका छन् । प्रदेशसभाद्धारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐनमा पदाधिकारीहरूको लागि स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने व्यवस्था छैन ।
तर, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७७ फागुन २५ गतेको परिपत्र अनुसार मापदण्ड बनाई खर्च गर्न पाउने व्यवस्था गरिए पनि स्थानीय प्रशासनहरूले मापदण्ड नै नबनाई स्वकीयको नाममा करोडौं रुपैयाँ खर्च गरेको खुलेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा १८८ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्ति गरी ८ करोड ५३ लाख रुपैयाँ गैरजिम्मेवारपूर्ण तरिकाले स्वकीयको पारिश्रमिकको नाममा भुक्तानी गरेका छन् । यस्तो खर्च ऐन विपरीत भएको भन्दै खर्च नियन्त्रण गर्न महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण