सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

नेता चुमान भन्छन्, ‘प्रचण्डले गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय भएको छैन भन्नुभयो’

बुधबार, १३ वैशाख २०८०, १२ : १५
बुधबार, १३ वैशाख २०८०

पोखरा । वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुन सकेका छैन । सत्ता गठबन्धनमा सामेल कांग्रेस–माओवादीबीच कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएका कारण सरकार गठन ढिलाइ भएको हो ।  

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीले विश्वासको मत गुमाएर पदमुक्त भएको ४ दिनपछि मात्र मात्र नयाँ सरकार गठन गर्न आह्वान छन् । यद्यपि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भएको छैन । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न आह्वान गरेपछि माओवादी–कांग्रेस नेतृत्व आ–आफ्नो सरकार बनाउन कसरत गरिरहेको छन् । 

उपधारा दोहोरिए पनि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएको भन्दै मंगलबार कांग्रेस नेताहरूले बताएका थिए । उनीहरुले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएपछि सोमबार पोखरा फर्किएको उल्लेख गरे । तर, कांग्रेसका नेताहरू डेलिगेसनमा पुगेर फर्केकै दिन मंगलबार माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान काठमाडौँ सोझिए । उनले बुधबार प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । 

बुधबार बिहान भएको छलफलमा अध्यक्ष प्रचण्डले गण्डकी सरकार कांग्रेसलाई दिने कुनै पनि निर्णय नभएको बताएको नेता चुमानको भनाई छ ।  प्रचण्डको भनाइ उद्धृत गर्दै नेता चुमानले भने, ‘अहिले कुन दलले सरकारको नेतृत्व गर्ने टुङ्गो लागेको छैन । तपाईंहरु हतार नगर्नुहोस् । बुधबार बेलुकासम्म कांग्रेस सभापतिज्यू र मेरो छलफल हुन्छ ।’ नेता चुमानले प्रचण्डसँग ‘के कति कारणले कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय गर्नुभएको ?’ भनेर प्रश्न गरेका थिए । 

माओवादीले बुधबार दलको बैठक बसेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने निर्णय गरेको छ । सोही अनुसार चुमान आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न काठमाडौँ गएका हुन् । यता, प्रदेश प्रमुख गुरुङले एमाले नेतृत्वको सरकार गठन गर्न प्रयोग भएको धारा दोहोर्‍याएर सरकार गठन आह्वान गरेको भन्दै एमाले सांसदहरू भने असन्तुष्ट बनेका छन् । उनीहरूले प्रदेश प्रमुखले पुन उपधारा दोहोर्‍याउनु सान्दर्भिक र न्यायोचित नभएको तर्क दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप