शाख समूहले गर्यो हङकङको बोर होटलसँग एमओयू
काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) सम्झौता भएको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) भएको हो ।
शाख समूहका किरण शाखले चीनको बोर होटलसँग १०० मिलियन चिनियाँ युवान लगानीको सम्झौता सम्पन्न भएको हो । एमओयू सम्झौतामा शाख समूहका अध्यक्ष किरण शाखले र बोर होटलकातर्फबाट लि पिंगले हस्ताक्षर गरे । सम्झौताअनुसार कपिलवस्तुमा २०० भन्दा धेरै कोठा भएको बोर होटल निर्माण हुनेछ ।
सम्झौताअनुसार बोर होटलले रकम लगानी गर्नेछ भने जग्गा शाख समूहको हुनेछ । बोर हाटेल समूहले कपिलवस्तुको जग्गा समेत हेरेर फर्किएको शाखको भनाइ छ । होटल सञ्चालनमा आएपछि प्रतिकोठाको मूल्य २ देखि ३ हजार चिनियाँ युवानसम्म हुने बताइएको छ ।
बोर होटलले हाल मकाउ, कम्बोडिया, भियतनाम, लाओस र जापान लगायत देशमा सञ्चालनमा आइरहेको छ । कपिलवस्तुमा स्थापना हुने यो होटल १.५ मिलियन स्क्वायार फिट जमिनमा खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण