बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

आईपीएलमा आज : समान अंक भएका कोलकाता र दिल्लीबिच भिडन्त

सोमबार, १७ वैशाख २०८१, ११ : ०४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ । खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । कोलकाता नाइट राइडर्सले आफ्नो नवौँ खेल खेल्न लागेको हो । दिल्ली क्यापिटल्सले भने जारी सिजनको आईपीएमा आफ्नो ११औँ खेल खेल्न लागेको हो । 

कोलकाताले यसअघि खेलिएको आफ्नो आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १० अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । तालिकाको पहिलो स्थानमा राजस्थान रोयल्स छ । नौ खेल खेलेको राजस्थानले आठ जितबाट १६ अंक जोडेको छ ।

दिल्ली क्यापिटल्सले भने यसअघि खेलिको १० मध्ये पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । दिल्ली पाँच खेलबाट १० अंक बटुल्दै तालिकाको छैटौँ स्थानमा आसिन छ । दिल्लीको अगाडि बढ्ने सम्भावना कायमै छ ।

जारी सिजनको आईपीएलमा कोलकाता र दिल्लीबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा कोलकाताले दिल्लीलाई एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो । 

००

हेड टु हेडमा कोलकाता अगाडि 

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच हालसम्म कुल ३३ खेल खेलिएको छ । त्यसमध्ये १७ खेलमा कोलकाताले दिल्लीलाई हराएको छ । १५ खेलमा भने दिल्लीले कोलकातालाई पराजित गरेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

००

लयमा छन् कोलकाताका सुनिल नारिन

Sunil Narine

यो सिजनको आईपीएलमा सुनिल नारिन कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले टोलीका लागि आठ खेल खेल्दै कुल तीन सय ५७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र दुई अर्धशतक पनि प्रहार गरेका छन् ।

टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा फिल साल्ट दोस्रो स्थानमा छन् । उनले आठ खेल खेल्दै कुल तीन सय २४ रन बनाएका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर पनि सुनिल नारिन नै हुन् । उनले १० विकेट लिइसकेका छन् ।

००

दिल्लीको सर्वाधिक रन ऋषभ पन्तको नाममा

Rishabh Pant

जारी सिजनको आईपीएलमा दिल्लीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान ऋषभ पन्त हुन् । उनले टोलीका लागि १० खेल खेल्दै कुल तीन सय ७१ रन बनाइसकेका छन् । टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो नम्बरमा ट्रिस्टन स्टब्स रहेका छन् । उनले कुल दुई सय ७३ रन बनाएका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने मुकेश कुमार हुन् । उनले सात खेलमा १३ विकेट लिइसकेका छन् । 

००

ब्याट्सम्यानलाई सहयोग गर्ने पिच

इन्डियन प्रिमियर लिगमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुने ईडेन गार्डेन्स स्टेडियमको पिच ब्याट्सम्यानलाई सहयोग पु¥याउने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ९१ खेल खेलिएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर चार विकेट गुमाएर दुई सय ३५ रन हो । उक्त स्कोर अघिल्लो सिजनको आईपीएलमा चेन्नईले कोलकाताविरुद्ध बनाएको थियो ।

००

अत्यधिक गर्मी

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन सोमबार कोलकातामा अत्यधिक गर्मी हुनेछ । सोमबार कोलकातामा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार कोलकाताको तापक्रम ३० देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । 

००

सम्भावित टोली 

कोलकाता नाइट राइडर्स : श्रेयष ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, अंगकृष रघुवंशी, वेंकटेश ऐयर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, दुषमंथा चामिरा, वरुण चक्रवर्ती र हर्षित राणा । इम्प्याक्ट प्लेयर : अनुकुल रोय ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), ज्याक फ्रेजर, कुमार कुशाग्र, साई होप, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, कुलदीप यादब, लिजाद विलियम्स, मुकेश कुमार र खलिल अहमद । इम्प्याक्ट प्लेयर : रसिख सलाम ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप