पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’
काठमाडौँ । राजु गिरी निर्देशित फिल्म हो ‘नम्बरी सुन’ । फिल्म अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ ।
यस्तैमा निर्माण युनिटले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपाली लगायत अटाएका छन् । पोस्टर हेर्दा फिल्म सामाजिक विषयवस्तुमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
नारायण खातीका कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।
अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व रहेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यका भित्र जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण