फाइनलमा एपीएफ र पुलिस भिड्ने
ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो ।
रोमाञ्चक खेलमा एपीएफले सुरुआती दुई सेट २५-२१ र २५-२२ ले जितेको थियो । तर, तेस्रो र चौंथो सेट आर्मीले २५-१२ र २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेट एपीएफले १५-१२ ले आफ्नो पक्षमा पार्यो ।
यस्तै पहिलो सेमिफाइनलमा पुलिस क्लबले न्यु डायमण्ड क्लबलाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले न्यु डायमण्डमाथि २५-१६, २५-१४ र २५-१७ को जित निकालेको हो ।
महिलातर्फ न्यु डायमण्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानका लागि दुई टोली शुक्रबार भिड्ने छन् ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको छ । पुलिसले एपीएफलाई २८-२६,२५-२१,१८-२५ र २५-१८ ले हराएको हो ।
यस जितसँगै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सूर्य विनायक यूथ क्लबलाई ३-० ले हराएको छ । ललितपुरले सूर्य विनायकलाई २५-११,२५-१० र २५-१४ ले हराएको हो । जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ ।
पुरुषतर्फ पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् ।
दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिका भिड्ने छन् । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
प्रतियोगिताको महिला र पुरुषको फाइनल शनिबार हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरी १५ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण