शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लडाकुको नाममा छुट्याइए १ अर्ब ४० करोडबारे योगेशको नयाँ प्रस्ताव

शुक्रबार, १५ वैशाख २०८०, १४ : ३६
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँका सम्बन्धमा नयाँ प्रस्ताव अघि सारेका छन् । 

सामाजिक सञ्जालमार्फत भट्टराईले १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्न आग्रह गरेका छन् । ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोलेर लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको गर्न भट्टराईले प्रस्ताव गरेका हुन् । 

‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वान गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारी को व्यवस्था गर्ने’, भट्टराईको प्रस्ताव छ, ‘पुँजी वृद्धि गरी उद्योगको आकार बढाउँदै जाने ।’

उनले पैसा बाँडेर नभई जीवन यापन र दिगो समाधानको बाटोमा जानु उपयुक्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा धेरैले भट्टराईको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप