लडाकुको नाममा छुट्याइए १ अर्ब ४० करोडबारे योगेशको नयाँ प्रस्ताव
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँका सम्बन्धमा नयाँ प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्न आग्रह गरेका छन् । ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोलेर लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको गर्न भट्टराईले प्रस्ताव गरेका हुन् ।
‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वान गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारी को व्यवस्था गर्ने’, भट्टराईको प्रस्ताव छ, ‘पुँजी वृद्धि गरी उद्योगको आकार बढाउँदै जाने ।’
उनले पैसा बाँडेर नभई जीवन यापन र दिगो समाधानको बाटोमा जानु उपयुक्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा धेरैले भट्टराईको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण