पशुपति जबराले भने–घण्टीको सामना गर्न राप्रपा सक्षम
शुक्रबार, १५ वैशाख २०८०, १५ : ०५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे ।
उनले संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताए । उनले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गरे ।
सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपा बाहेक अर्को नरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण